१७ कार्तिक, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी ज्येष्ठ नागरिक सुविधाअन्तर्गत रिहा हुने भएका छन्।
६५ वर्ष उमेर पूरा हुन लागेकाले रायमाझीले कैद छुटको माग गर्दै अदालतमा निवेदन दिएका थिए। सोही आधारमा काठमाडौं जिल्ला अदालतले संशोधित कैदीपुर्जी पठाएपछि उनी कात्तिक २६ गते रिहा हुने भएका हुन्।
ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पुगेका कैदीलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट दिने प्रावधान छ। रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए।
उनलाई काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते चार वर्ष कैद सजाय सुनाएको थियो।

























