Skip
आज : २०८३ कार्तिक १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अम्बे स्टिलमा भीषण आगलागी, ८ जना घाइते, २ जनालाई भारत लगियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १५ गते


Advertisement

काठमाडौँ । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेपछि थप उपचारका लागि भारतको लखनउ लगिएको छ।

आज बिहान करिब ५ बजेर ४ मिनेटमा कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट हुँदा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीमा बाँकेका पाँच र भारतको बहराइच जिल्लाका तीन जना घाइते भएका हुन्। घाइतेमध्ये २८ वर्षीय शिवप्रसाद चमार र २२ वर्षीय रामदिन हरिजनको अवस्था मध्यम रहेको छ भने अन्य छ जनाको अवस्था सामान्य छ।

सबै घाइतेलाई सुरुमा उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ८ बजेर १५ मिनेटमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगलागीबाट भएको भौतिक क्षतिको विवरण भने खुल्न बाँकी रहेको छ।


प्रतिकृया दिनुहोस्