Skip
आज : २०८३ कार्तिक १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राज्यका अंग सफा नगरी समृद्धि सम्भव छैन : बाबुराम भट्टराई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १३ गते


Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अदालत, प्रहरी र सेनाजस्ता राज्यका संवेदनशील निकाय नै आचरण र नैतिकताको विवादमा तानिनु दुःखद भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लोकतन्त्रमा जन्म, पद, पहुँच, धन र शक्तिका आधारमा कोही पनि कानुनभन्दा माथि हुन नसक्ने स्पष्ट पारेका छन् ।

सुशासन र समृद्धि देशको प्रमुख एजेन्डा बनेको अवस्थामा राज्यका निकायमा रहेका विकृति र विसंगति हटाउन आवश्यक रहेको उनको भनाइ छ । विकृति सफा नगरी सुशासन स्थापित गर्न नसकिने र सुशासनबिना समृद्धिको बाटोमा अघि बढ्न कठिन हुने उनले उल्लेख गरेका छन् ।

भट्टराईले सबैलाई एकैसाथ निशाना बनाउँदा वास्तविक दोषी उम्कन सक्ने जोखिमतर्फ पनि संकेत गरेका छन् । लोकतन्त्रमा सत्ताको नेतृत्वमा रहेकाहरूले समेत विधिको पालना गर्नुपर्नेमा उनले जोड दिएका छन् ।


प्रतिकृया दिनुहोस्