Skip
आज : २०८३ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

युवालाई सीप र रोजगारीसँग जोड्दै कागेश्वरी मनोहरा, फाउण्डेशनसँग सहकार्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ११ गते


Advertisement

काठमाडौं । युवालाई सीपमूलक तालिम प्रदान गर्दै रोजगारीसँग जोड्ने उद्देश्यले कागेश्वरी मनोहरा नगरपालिका र चाँगुनारायण फाउण्डेशन (CNF) बीच सहकार्य अघि बढाइएको छ।

यसै सन्दर्भमा सस्टेनेबल डेभलपमेन्ट नेपाल (SDN), नेदरल्यान्ड्सका अध्यक्ष तथा सल्लाहकारसहितको टोलीले नगरपालिकाको भ्रमण गरी सञ्चालित कार्यक्रमको प्रगति र आगामी कार्ययोजनाबारे छलफल गरेको छ।

छलफलमा नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापालगायत नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

नगर प्रमुख कार्कीले युवालाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउनुका साथै रोजगारीका अवसरसँग जोड्नु आवश्यक रहेको बताउनु भयो। उहाँले युवाको क्षमता र रुचिअनुसार व्यावहारिक सीप विकास गर्ने कार्यक्रमले स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

सहकार्यअन्तर्गत युवालाई अन-द-जव ट्रेनिङ (OJT) मार्फत व्यावहारिक सीप प्रदान गरी रोजगारीका अवसरसँग जोड्ने लक्ष्य राखिएको छ। कार्यक्रमअन्तर्गत कृषि, सूचना प्रविधि (IT), हस्पिटालिटी, मोन्टेसरी शिक्षा तथा सेक्युरिटी गार्डसम्बन्धी तालिमलाई प्राथमिकतामा राखिएको छ।

हाल सेक्युरिटी गार्ड तालिमका लागि इच्छुक युवाबाट आवेदन सङ्कलन भइरहेको छ। यस कार्यक्रमले युवाको व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथै रोजगारी सिर्जना र स्थानीय आर्थिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा १०० शय्यामा स्तरोन्नति हुँदै गरेको कागेश्वरी मनोहरा नगर अस्पतालको पूर्वाधार विकास तथा प्रगतिका विषयमा समेत छलफल भएको थियो।

युवालाई बजारको मागअनुसार सीप प्रदान गर्दै रोजगारीसँग जोड्ने यस किसिमको सहकार्यले स्थानीय स्तरमै रोजगारीका अवसर विस्तार गर्न सहयोग पुग्ने नगरपालिकाले अपेक्षा गरेको छ।


प्रतिकृया दिनुहोस्