Skip
आज : २०८३ कार्तिक १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुनको मूल्यमा फेरि ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३ सय घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १५ गते


Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ हजार ३ सय रुपैयाँ घटेर २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ।

यसअघि शुक्रबार पनि सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ घटेको थियो। गत साताको पहिलो दिन कात्तिक ८ गते मात्रै सुनको भाउ एकैदिन ११ हजार ७ सय रुपैयाँले घटेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १७५ रुपैयाँ घटेर ३ हजार ६५० रुपैयाँमा झरेको छ।

यसअघि गत माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। सोही दिन चाँदीको मूल्य पनि प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो।


प्रतिकृया दिनुहोस्