Skip
आज : २०८३ कार्तिक १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

९७ रनमै समेटियो पोखरा, लुम्बिनी ८ विकेटले विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १७ गते


Advertisement

१७ कार्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ।

आज कीर्तिपुरस्थित त्रिवि मैदानमा पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो।

लुम्बिनीका कप्तान रोहित पौडेलले अविजित ४७ र निरोशन डिकवेल्लाले २७ रन बनाए। उनीहरूबीच तेस्रो विकेटका लागि ७७ रनको अविजित साझेदारी भयो।

यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन बनाएको थियो। उसका लागि चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए। लुम्बिनीका रुवेन ट्रम्पलम्यानले ४ विकेट लिए।

जितसँगै लुम्बिनीले ५ अंक जोडेको छ। लगातार तीन खेलमा पराजित पोखरा भने अंकविहीन हुँदै तालिकाको पुछारमा छ।
एनपीएलमा बुधबार विश्राम हुनेछ। बिहीबार लुम्बिनी र जनकपुर तथा काठमाडौं र विराटनगरबीच प्रतिस्पर्धा हुनेछ


प्रतिकृया दिनुहोस्