Skip
आज : २०८३ कार्तिक १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज एनपीएलमा दुई खेल, काठमाडौं र कर्णालीसहित चार टोली भिड्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १६ गते


Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज  दुई रोमाञ्चक खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स आमनेसामने हुँदा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्नेछ।

पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ बजे हुनेछ।

काठमाडौं पहिलो जितको खोजीमा मैदान उत्रँदा दुई खेल जितिसकेको कर्णाली लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ। यस्तै, एक जित र दुई हार बेहोरेको सुदूरपश्चिमलाई जितको दबाब छ। अपराजित चितवन भने आफ्नो लय कायम राख्न चाहन्छ।

 


प्रतिकृया दिनुहोस्