१७ कार्तिक, काठमाडौं । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगर किंग्सले एनपीएलमा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ।
विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो।
विराटनगरका लागि रसेलले अविजित ५२ र इमरान शेखले ५६ रन बनाए। बलिङमा रसेलले ४ विकेट लिए। लोकेश बमले पनि ५० रनको योगदान दिए।
जितसँगै विराटनगर ४ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यो उसको लगातार दोस्रो जित हो।























