काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ ।
छापावाल सुनको मूल्य तोलाको आज दुई लाख ७५ हजार रुपैयाँ कायम छ । चाँदीको मूल्य तोलाको तीन हजार ६७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ७४ हजार ३०० र त्यति नै परिमाणको चाँदी तीन हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।























