Skip
आज : २०८३ कार्तिक १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भोलि काठमाडौंका यी क्षेत्रमा ३ घण्टा बिजुली बन्द हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १६ गते


Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चाबहिल सबस्टेसनको मर्मतसम्भार गर्ने भएपछि भोलि  काठमाडौंका विभिन्न क्षेत्रमा भोलि ३ घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

प्राधिकरणका अनुसार बिहान ५ बजेदेखि ८ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। यसबाट चाबहिल, पशुपति, गौशाला, मित्रपार्क र जयबागेश्वरीलगायत आसपासका क्षेत्र प्रभावित हुनेछन्।

सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मत गर्न विद्युत् कटौती गर्न लागिएको हो। मर्मतको काम तोकिएको समयभन्दा अगावै सकिए विद्युत् आपूर्ति पनि चाँडै सुचारु गरिने प्राधिकरणले जनाएको छ।


प्रतिकृया दिनुहोस्