Skip
आज : २०८३ कार्तिक १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सरकारसंग प्रतिपक्षी दलको माग : जनताका मुद्दामा छलफल गर्न संसद् बैठक बोलाउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १६ गते


Advertisement

१६ कात्तिक, काठमाडौं । प्रतिपक्षी दलहरूले सरकारसँग तत्काल संसद् बैठक आह्वान गर्न माग गरेका छन्।

नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले जनजीविका, राष्ट्रियता, लोकतन्त्र र संविधानका विषयमा संसद्मा गम्भीर छलफल गर्नुपर्ने निष्कर्ष निकालेको हो।

बैठकपछि नेपाल कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले प्रतिपक्षी दलहरूले यथाशीघ्र संसद् बैठक बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, राष्ट्रियतामाथि उठेका प्रश्न, जनजीविकाका समस्या, विपद् प्रभावितको राहत तथा पुनर्निर्माणका विषयमा छलफल भएको थियो।


प्रतिकृया दिनुहोस्