काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन तथा नवीकरण गर्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका गाउँपालिका तथा
नगरपालिकालाई पत्राचार गर्दै १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न निर्देशन दिएको हो।
स्वास्थ्य बीमा बोर्डको पत्रअनुसार आगामी २०८३ पुस १ गतेदेखि यो व्यवस्था लागू हुनेछ।
सो मितिदेखि स्वास्थ्य बीमा सेवा प्राप्त गर्नसमेत राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सम्बन्धित स्थानीय तहलाई उक्त व्यवस्था कार्यान्वयन गर्न आवश्यक जानकारी तथा कार्यार्थ पठाएको छ।

























