Skip
आज : २०८३ कार्तिक १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अक्टोबरमा भित्रिए १ लाख ३२ हजार विदेशी पर्यटक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १६ गते


Advertisement

काठमाडौं । सन् २०२६ को अक्टोबरमा एक लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार गत वर्षको अक्टोबर महिनाको तुलनामा यसवर्ष चार हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

बोर्डका अनुसार सबैभन्दा बढी १७ हजार ४३७ अमेरिकी पर्यटकको आगमन भएको हो । अघिल्लो वर्ष यसै महिनामा १३ हजार २८६ अमेरिकी पर्यटक आएका थिए ।

यस वर्ष अक्टोबर महिनामा १२ हजार ९७ भारतीय पर्यटक नेपाल भ्रमणमा आएकामा अघिल्लो वर्षको अक्टोबरमा १७ हजार २९८ थियो ।

सन् २०२६ को अक्टोबर महिनामा चीनबाट ११ हजार ६९५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । चौथो स्थानमा बेलायती पर्यटकको आगमन भएको छ ।


प्रतिकृया दिनुहोस्