Skip
आज : २०८३ कार्तिक १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौँमा यी क्षेत्रमा आज बिहानै देखि छैन बत्ती

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १७ गते


Advertisement

१७ कार्तिक, काठमाडौं । आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द रहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

सूचना प्रकाशित गर्दै प्राधिकरणले आज बिहान ५ बजेदेखि ८ बजेसम्म चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त सबस्टेसनबाट विद्युत् वितरण हुने चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरी लगायतका आसपासका सम्पूर्ण क्षेत्रहरूमा विद्युत् आपूर्ति बन्द रहने जानकारी गराएको छ।

निर्धारित समयअगावै मर्मतसम्भार कार्य सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति सुचारु गरिने पनि प्राधिकरणले जनाएको छ ।


प्रतिकृया दिनुहोस्