Skip
आज : २०८३ कार्तिक १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अचानक बिदामा किन बसे सर्वोच्चका न्यायाधीश फुयाल ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १७ गते


Advertisement

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल कात्तिक २० गतेसम्मका लागि बिदामा बसेका छन्।

सर्वोच्च अदालतका प्रवक्ता अशोक क्षेत्रीका अनुसार फुयालले मंगलबार कात्तिक १७ गतेदेखि लागू हुने गरी बिदा लिएका हुन्। उनी बिदामा बस्नुको कारण भने सार्वजनिक गरिएको छैन।

उनको बिदाका कारण मंगलबारको पेसी सूचीमा कुनै पनि इजलासमा जिम्मेवारी तोकिएको छैन।

यसैबीच, न्यायपालिकाभित्रका समसामयिक विषयमा छलफल गर्न सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक ९फुलकोर्ट० ले विवादमा परेका न्यायाधीशमाथि छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको थियो।

फुयालको बिदा र पूर्ण बैठकको निर्णयबीच कुनै सम्बन्ध रहेकोबारे भने आधिकारिक रूपमा केही खुलाइएको छैन।


प्रतिकृया दिनुहोस्