काठमाडौं । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला मंगलबार काठमाडौं आइपुगेका छन्।
उनले अब औपचारिक रूपमा आफ्नो कूटनीतिक जिम्मेवारी सम्हाल्नेछन्।
भारतले असोज ३० गते उनलाई नेपालका लागि २७औँ राजदूत नियुक्त गरेको थियो।
नेपाल र भुटान मामिलामा लामो अनुभव भएका दलेलाले यसअघि भुटानका लागि भारतीय राजदूत तथा भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको जिम्मेवारी सम्हालिसकेका छन्।
यसअघि कार्यरत भारतीय राजदूत नवीन श्रीवास्तव कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि दलेला नेपाल आएका हुन्।
























