काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री आज दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै छन्।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आउन लागेका मिस्रीले भ्रमणका क्रममा राईसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।
वार्तामा नेपाल–भारत सम्बन्धको समग्र समीक्षा हुनुका साथै आपसी हित र चासोका विषयमा छलफल हुनेछ। यसले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
नेपाल बसाइका क्रममा मिस्रीले नेपालका उच्चस्तरीय व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाटसमेत गर्नेछन्। उनी कात्तिक १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

























