काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउनु कारबाही नभई जिम्मेवारी परिवर्तन मात्रै भएको स्पष्ट पारेको छ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको बताए।
सरकारले कार्कीलाई आईजीपीबाट हटाएर एआईजी मनोज केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गरेको छ। पोखरेलका अनुसार कार्कीले अब प्रधानमन्त्रीलाई शान्तिसुरक्षासम्बन्धी विषयमा सल्लाह दिनेछन्।

























