१८ कार्तिक, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। यसअघि यस्तो चिह्न गृहसचिवले लगाउने प्रचलन थियो।
सरकारले दानबहादुर कार्कीलाई हटाएर केसीलाई नयाँ आईजीपी नियुक्त गरेको हो। कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।

























