१९ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले प्रहरी संगठनको चेन अफ कमान्डमा हस्तक्षेप भएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएकी छन्।
फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले प्रहरी संगठनमा नाङ्गो हस्तक्षेप गर्दा विगतमा त्यसको परिणाम भोगिसकेको स्मरण गराएकी छन्।
राज्यका निकायमा स्वेच्छाचारिता, अध्यादेश र अपारदर्शी निर्णय गर्ने शैलीले सरकारप्रतिको जनविश्वास कमजोर हुने उनको टिप्पणी छ।
झन्डै दुईतिहाइ बहुमतको सरकारले देशमा सुशासन र विधिको शासन स्थापित गर्ने अपेक्षा जनताले गरेको उल्लेख गर्दै उनले फेरि जनताले निराश हुनुपर्ने अवस्था नआस् भन्दै सचेत गराएकी छन्

























