१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:३० बजे लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्सबीच पहिलो खेल हुनेछ। तीन खेलबाट दुई जित र एक वर्षाका कारण अंक बाँडेको लुम्बिनी तालिकाको शीर्ष स्थानमा छ।
४ खेलमा दुई जित र दुई हार बेहोरेको जनकपुर चौथो स्थानमा छ। त्यस्तै, दोस्रो खेलमा दिउँसो ४:३० बजे विराटनगर किंग्स र काठमाडौं गोर्खाज भिड्नेछन्।
४ खेलबाट दुई जित र दुई हारसहित विराटनगर दोस्रो स्थानमा रहँदा दुई खेलमा एक जित र एक हार बेहोरेको काठमाडौं सातौँ स्थानमा छ।
























