Skip
आज : २०८३ कार्तिक १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भारतीय विदेश सचिव मिस्रीले आज बालेनसँग भेट्दै, भारत भ्रमणको एजेन्डामा छलफल हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १९ गते


Advertisement

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्ने भएका छन्। परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणको तयारी र एजेन्डाबारे छलफल गर्नेछन्।

मंसिरको पहिलो सातादेखि हुने भनिएको बालेनको भारत भ्रमणलाई लक्षित गर्दै मिस्री नेपाल आएका हुन्। भेटमा दुई देशबीच हवाई, रेल, सडक तथा पुलमार्फत सम्पर्क विस्तार, व्यापार, ऊर्जा सहकार्य र विकास परियोजनाका विषय प्राथमिकतामा रहने अपेक्षा गरिएको छ

यसअघि मिस्रीले बुधबार परराष्ट्र सचिव अमृत राई, अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

दुई देशका सचिवबीच भ्रमणका सम्भावित विषयमा प्रारम्भिक छलफल भए पनि प्रधानमन्त्रीको भारत भ्रमणको अन्तिम एजेन्डा भने तय भइसकेको छैन। मिस्री आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ।


प्रतिकृया दिनुहोस्