Skip
आज : २०८३ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

त्रिविको परीक्षामा बदमासी गर्ने ४ विद्यार्थीलाई दुई वर्षे प्रतिबन्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ३० गते


Advertisement

काठमाडौं । परीक्षाको नियम र मर्यादा उल्लंघन गरेको अभियोगमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का चार जना विद्यार्थीमाथि दुई वर्षे प्रतिबन्ध लगाइएको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बीबीएस प्रथम वर्षको नियमित परीक्षामा अमर्यादित गतिविधि गरेको ठहर गर्दै उनीहरूलाई आगामी २०८४ सालसम्म विश्वविद्यालयअन्तर्गतका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरेको हो।

गत साउनमा सञ्चालन भएको चारवर्षे बीबीएस प्रथम वर्षको परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयअनुसार उक्त कारबाही गरिएको हो।

यसैबीच, परीक्षाको नतिजा त्रिविको आधिकारिक वेबसाइट result.exam.tu.edu.np बाट हेर्न सकिनेछ।

उत्तीर्ण तथा परीक्षामा सहभागी विद्यार्थीको मार्कसिट सम्बन्धित क्याम्पसले टीयू–ईएमआईएस पोर्टलमार्फत प्रिन्ट गरी वितरण गर्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

 

 


प्रतिकृया दिनुहोस्