Skip
आज : २०८३ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एसईई २०८४ का लागि फारम भर्ने मिति र शुल्क निर्धारण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ११ गते


Advertisement

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८४ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थीका लागि रजिस्ट्रेशन तथा परीक्षा आवेदन फारम भर्ने सूचना जारी गरेको छ ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीले कात्तिक ९ गतेदेखि मङ्सिर १३ गतेसम्म रजिस्ट्रेशन फारम भर्न सक्नेछन् ।

त्यसका लागि प्रतिविद्यार्थी ३०० रुपैयाँ शुल्क तोकिएको छ ।

त्यस्तै, एसईई २०८४ मा सहभागी हुने नियमित, खुला तथा प्राविधिक धारतर्फका विद्यार्थीले कात्तिक १ गतेदेखि मङ्सिर ८ गतेसम्म परीक्षा आवेदन फारम भर्नुपर्नेछ ।

परीक्षा आवेदनका लागि प्रतिविद्यार्थी ५०० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ ।

बोर्डले तोकिएको समयसीमाभित्र आवश्यक शुल्क बुझाएर फारम भर्न सम्बन्धित विद्यालय तथा विद्यार्थीलाई आग्रह गरेको छ ।

 


प्रतिकृया दिनुहोस्