Skip
आज : २०८३ कार्तिक २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

त्रिविले खोल्यो स्नातकोत्तर तहको भर्ना, मंसिरभित्रै आवेदन दिनुपर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २० गते


Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले शैक्षिक वर्ष २०८३र०८४ का लागि स्नातकोत्तर तह पहिलो सेमेस्टरमा भर्ना कार्यक्रम सार्वजनिक गरेको छ।

विश्वविद्यालयले मानविकी, व्यवस्थापन, शिक्षा, कानुन, वन विज्ञान, कृषि, पशु विज्ञान तथा विज्ञान र प्रविधि संकायअन्तर्गतका क्याम्पसमा नयाँ विद्यार्थी भर्नाका लागि तालिका सार्वजनिक गरेको हो।

सूचनाअनुसार मंसिर महिनाभित्र आवेदन फाराम वितरण तथा बुझाउने प्रक्रिया पूरा हुनेछ।

आगामी माघदेखि कक्षा सञ्चालन हुनेछन् भने अन्तिम परीक्षा २०८४ जेठमा र नतिजा भदौमा प्रकाशित गरिनेछ।

विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको संकाय, विषय र क्याम्पसअनुसार छुट्टाछुट्टै आवेदन दिनुपर्नेछ।

आवेदनसँगै हालसालै खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पनि बुझाउनुपर्ने त्रिविले जनाएको छ।

प्रवेश परीक्षा तथा भर्नासम्बन्धी थप विवरण सम्बन्धित डिन कार्यालयले निर्धारण गरेबमोजिम हुने जनाइएको छ।


प्रतिकृया दिनुहोस्