Skip
आज : २०८३ कार्तिक २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बालेन र रविबिचको खटपटले लोकतन्त्रलाई शुभ संकेत गर्दैन : डा. भट्टराई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २० गते


Advertisement

२० कार्तिक, काठमाडौं । बाबुराम भट्टराईले रास्वपा र सरकारलाई दिए इतिहासबाट पाठ सिक्न सुझाव
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र सरकारबीच बढ्दै गएको असमझदारीप्रति चिन्ता व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले सत्ताधारी दल र सरकारबीचको असमझदारी खुल्न थाल्नु देश र लोकतन्त्रका लागि शुभसंकेत नभएको बताएका छन्।

विगतमा कांग्रेस, एमाले र माओवादीभित्र भएका गुटबन्दी, अन्तर्संघर्ष र विभाजनले देश तथा जनतालाई ठूलो क्षति पुर्‍याएको उदाहरण दिँदै उनले अहिलेको नयाँ राजनीतिक शक्तिले पनि त्यही गल्ती दोहोर्‍याउन नहुने उल्लेख गरेका छन्।

भट्टराईले जेनजी विद्रोहबाट उदाएको युवा बाहुल्य पार्टी र सरकारले इतिहासबाट पाठ सिकेर पुराना गल्ती नदोहोर्‍याउँदै नयाँ राजनीतिक इतिहास निर्माण गर्नुपर्ने सुझाव दिएका छन्।


प्रतिकृया दिनुहोस्