१९ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारमाथि आफ्ना गल्ती र कमजोरी ढाकछोप गर्न पार्टी सभापति गगन थापालाई विवादमा तान्न खोजेको आरोप लगाएका छन्।
आज सानेपामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले इनम सापकोटा र सभापति थापाबीच कुनै चिनजान तथा लेनदेनको सम्बन्ध नरहेको दाबी गरे।
उनले सापकोटा स्वयं प्रधानमन्त्रीको चुनावी प्रचारमा विभिन्न ठाउँमा सहभागी भएको उल्लेख गर्दै सरकारले लगाएका आरोप पुष्टि गर्न चुनौती दिए।
कांग्रेस अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताउँदै पौडेलले निष्पक्ष अनुसन्धानको सट्टा जबर्जस्ती धरपकड गर्न खोजिए प्रतिवाद गर्ने चेतावनीसमेत दिए। कांग्रेसलाई धम्की दिएर नतर्साउन उनको सरकारलाई आग्रह थियो।

























