काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले रास्वपा सभापति रवि लामिछानेसँग शिष्टाचार भेट गरेका छन्।
नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका मिस्री रविलाई भेट्न बूढानीलकण्ठस्थित निवासमै पुगेका थिए। भ्रमणका क्रममा उनले गरेको यो एकमात्र राजनीतिक भेट हो।
भेटमा लामिछानेले आफ्नो विगतको भारत भ्रमण स्मरण गर्दै दुई देशबीच हुन लागेका आगामी उच्चस्तरीय भ्रमणको सफलताको शुभकामना दिए। उनले नेपालले विकास र आर्थिक कूटनीतिलाई प्राथमिकता दिएको पनि बताए।
दुवैबीच नेपाल–भारतको बहुआयामिक सम्बन्ध र आपसी सहकार्य थप मजबुत बनाउने विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।

























