१९ कार्तिक, काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी)पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दिएको रिट सर्वोच्च अदालतमा दर्ता हुन सकेन।
बुधबार आफूलाई हटाएर डा. मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध कार्की सर्वोच्च पुगेका थिए।
तर, सर्वोच्च प्रशासनले रिट अध्ययन गर्नुपर्ने भन्दै तत्काल दर्ता नगरेको कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरले जानकारी दिए।
सरकारको निर्णयअनुसार डा. केसीले बुधबारदेखि नै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।
रिट शुक्रबार दर्ता भए पनि तिहार बिदापछि मात्रै त्यसको प्रारम्भिक सुनुवाइ हुने जनाइएको छ।

























