Skip
आज : २०८३ कार्तिक २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हिजो रेकर्ड वृद्धि, आज सुनको भाउमा ठूलो गिरावट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २० गते


Advertisement

२० कार्तिक, काठमाडौं । बिहीबार एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज फेरि घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ९ सय रुपैयाँ घटेर २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ।

बिहीबार सुनको मूल्य २ लाख ८८ हजार ९ सय रुपैयाँ पुगेको थियो। पछिल्लो समय सुनको मूल्यमा तीव्र उतारचढाव देखिँदै आएको छ।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ९० रुपैयाँ घटेर ३ हजार ८ सय १० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदीको भाउ २ सय ६५ रुपैयाँ बढेको थियो।

यसअघि गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यस्तै, चाँदीको मूल्य पनि माघ १५ गते प्रतितोला ७ हजार ५०५ रुपैयाँको ऐतिहासिक उचाइमा पुगेको थियो।


प्रतिकृया दिनुहोस्