काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारत, चीन र इजरायलका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन्।
सोमबार सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले भारतका लागि डा.निश्चलनाथ पाण्डे, चीनका लागि डा.कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णलाई राजदूत नियुक्त गरेका हुन्।
नेपालको संविधानको धारा २८२ को उपधारा १ अनुसार उनीहरूलाई नियुक्त गरिएको हो
नवनियुक्त तीनै जना राजदूतले सोमबार नै राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
यसअघि गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।
तीमध्ये संसदीय सुनुवाइ समितिले १० जनाको नाम अनुमोदन गरेको थियो। भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको अग्रिमो प्राप्त भएपछि नियुक्ति प्रक्रिया अघि बढेको हो।

























