Skip
आज : २०८३ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

धार्मिक आस्था देखाउने नेताहरूलाई शाहीको प्रश्न : हिन्दु राष्ट्र बनाउन किन ढिलाइ ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २९ गते


Advertisement

२९ कार्तिक, काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले छठ पर्वका अवसरमा धार्मिक आस्था प्रकट गर्ने शीर्ष नेताहरूलाई हिन्दु राष्ट्र पुनःस्थापनाका लागि संसद्बाटै पहल गर्न आग्रह गरेका छन्।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले गगन थापा, रवि लामिछाने र सभामुखले छठ पर्वको अबसरमा मधेशमा देखाएको धार्मिक आस्थाको प्रशंसा गरेका छन्।

धर्म, संस्कार र संस्कृतिप्रति आस्था राख्ने हो भने आगामी संसद्बाटै हिन्दु राष्ट्र पुनःस्थापनासम्बन्धी विधेयक पारित गराउन अघि बढ्नुपर्ने उनको भनाइ छ।

त्यस्तै, सुनसरीको कप्तानगञ्जमा पूजा गरिरहेका तीन युवाको गोली हानी हत्या गरिएको घटनामा संलग्न प्रहरी अधिकारी र गोली चलाउन आदेश दिने तत्कालीन गृहमन्त्रीमाथि समेत कानुनी कारबाही गर्न उनले माग गरेका छन्।

 


प्रतिकृया दिनुहोस्