Skip
आज : २०८३ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आईजीपी प्रकरणमा रास्वपाको स्पष्टीकरण : निर्णय सरकारकै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २९ गते


Advertisement

२९ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले प्रहरी महानिरीक्षक (आईजीपि) दानबहादुर कार्कीलाई पदबाट हटाउने निर्णय पार्टीले नभई सरकारले गरेको स्पष्ट पारेका छन्।

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसदसमेत रहेका खरेलले आईजीपीलाई हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको बताए।

उनका अनुसार प्रहरी प्रमुखबारे निर्णय गर्ने अधिकार सरकारकै भएकाले यसमा पार्टीको कुनै हस्तक्षेप वा निर्देशन नरहेको हो। आईजीपी हटाउने विषय सरकारको निर्णय र विवेकमा निर्भर रहने उनको भनाइ छ।

 

 


प्रतिकृया दिनुहोस्