Skip
आज : २०८३ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

धनगढीबाट काठमाडौं आउँदै गरेको बस पल्टियो, २५ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ३० गते


Advertisement

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

प्रहरीका अनुसार सोमबार बिहान ६ः४० बजे धनगढीबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गमा पल्टिएको हो।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ भने घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

 

 


प्रतिकृया दिनुहोस्