काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल ऐतिहासिक शतक बनाउन एक रनले चुकेका छन् ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डू गोर्खाजविरुद्ध आक्रामक ब्याटिङ गरेका कुशल ५१ बलमा ९९ रन बनाएर आउट भए । उनले आफ्नो इनिङमा ८ चौका र ८ छक्का प्रहार गरे ।
काठमाण्डूका कप्तान करण केसीको बलमा विकेटकिपर स्मिथ पटेलबाट क्याच आउट भएपछि कुशलको शतक पूरा गर्ने सपना अधुरै रह्यो ।
यद्यपि, ९९ रनको यो इनिङसँगै कुशलले जारी एनपीएलमा नेपाली खेलाडीतर्फ सर्वाधिक व्यक्तिगत रन बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
यसअघि ८७ रन बनाएका लोकेश बमको नाममा उक्त कीर्तिमान थियो ।

























