Skip
आज : २०८३ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पोखराको अन्तिम खेलमा काठमाण्डूमाथि ५५ रनको सानदार जित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २९ गते


Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले आफ्नो अन्तिम खेलमा काठमाण्डू गोर्खाजलाई ५५ रनले पराजित गरेको छ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको काठमाण्डूले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो।

यस जितसँगै पोखराले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। सात खेलबाट दुई जित र पाँच हारसहित चार अंक जोडेको पोखरा सातौँ स्थानमा रह्यो।

रनरेटमा जनकपुर बोल्ट्सलाई पछि पार्दै पोखराले प्रतियोगिता टुंग्याएको हो। यता काठमाण्डूले भने पराजयका बाबजुद इलिमिनेटर खेल्ने भएको छ।


प्रतिकृया दिनुहोस्