काठमाडौँ । तिहार बिदापछि खुलेको सुनचाँदी बजारमा मूल्य घट्ने क्रम देखिएको छ।
आज नेपाली बजारमा सुन प्रतितोला ११ हजार ३०० रुपैयाँले सस्तो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार आज एक तोला छापावाल सुन २ लाख ७१ हजार ७०० रुपैयाँमा झरेको छ। यसअघि कात्तिक २२ गते सुनको मूल्य २ लाख ८३ हजार रुपैयाँ थियो।
यसैगरी चाँदीको मूल्यमा पनि गिरावट आएको छ। अघिल्लो कारोबारमा प्रतितोला ३ हजार ८१० रुपैयाँ रहेको चाँदी आज ११० रुपैयाँ घटेर ३ हजार ७०० रुपैयाँमा सीमित भएको छ।
तिहार बिदाका बेला अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा आएको गिरावट र उतारचढावका कारण नेपाली बजारमा समेत मूल्य घटेको महासंघले जनाएको छ।























