२ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहँदा आज एकैदिन प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यसको मूल्य २ लाख ६७ हजार २०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ। मंगलबार ३ हजार ४९० रुपैयाँ रहेको चाँदी बुधबार ३ हजार ३८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।






















