काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आज चितवन राइनोज र काठमाण्डू गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ।
साँझ ५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा अघि बढ्ने लक्ष्यसहित मैदान उत्रिनेछन्।
सात खेलबाट ८ अंक जोडेको काठमाडौं तेस्रो स्थानमा रहँदै इलिमिनेटरमा पुगेको हो।
यता चितवनले सात खेलबाट ७ अंक जोड्दै चौथो स्थान सुरक्षित गरेको थियो। वर्षाका कारण चितवनको एक खेल भने रद्द भएको थियो।
आजको भिडन्त दुवै टोलीका लागि निकै महत्त्वपूर्ण हुनेछ।
























