Skip

Hamro Sanchar

फाइनल पुग्न आज लुम्बिनी र सुदूरपश्चिमको निर्णायक भिडन्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १ गते


Advertisement

१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ः३० बजे सुरु हुने खेल जित्ने टोली सिधै फाइनल प्रवेश गर्नेछ।

लिग चरणमा दुवै टोलीले समान ५ खेल जितेका छन्। तर एक खेल रद्द हुँदा लुम्बिनीले सुदूरपश्चिमभन्दा एक अंक बढी जोड्दै शीर्ष स्थान हासिल गरेको थियो। सुदूरपश्चिमले दुई खेलमा हार बेहोरेको छ भने लुम्बिनी एक खेलमा मात्र पराजित भएको थियो।

यसअघि लुम्बिनीले सुदूरपश्चिमलाई लगातार दुई खेलमा हराइसकेको छ।

गत संस्करणको फाइनल र यस सिजनको लिग चरणमा समेत पराजित गरेको लुम्बिनी आज जित निकाल्दै सुदूरविरुद्ध जितको ह्याट्रिक पूरा गर्ने लक्ष्यमा हुनेछ।


प्रतिकृया दिनुहोस्