१ मंसिर, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाका लागि आवेदन खुलाएको छ।
आयोगका अनुसार न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले मंसिर ७ गतेदेखि अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
एकल दस्तुरमा पुस ७ गते राति १२ बजेसम्म र दोब्बर दस्तुरमा पुस १४ गतेसम्म आवेदन दिन सकिनेछ।
उम्मेदवारले आयोगको अनलाइन प्रणाली https://license.tsc.gov.np/ मार्फत आवश्यक कागजातसहित फाराम भर्नुपर्नेछ। थप विवरण आयोगको वेबसाइटमा उपलब्ध छ।























