१ मंसिर, काठमाडौं । केन्द्रीय कारागार सुन्धारा काठमाडौंबाट फरार भएका दुईजना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरका सुरेन्द्र भुजेल र सिन्धुलीका भीमबहादुर वाइबा रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरू २०८२ भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धाराबाट फरार भएका थिए ।
फरार कैदीबन्दीको खोजतलास गर्ने क्रममा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनःकेन्द्रीय कारागार सुन्धारा पठाइएको प्रवक्ता थापाले बताए ।
























