काठमाडौं । भारतको मध्य प्रदेशमा रसबरि भन्दै दिएको घरेलु बम चपाउँदा एक युवकको ज्यान गएको छ।
डिन्डोरी जिल्लाका राजेन्द्र बरौतियालाई छिमेकी रामभगत सिंहले जंगली बँदेल मार्न प्रयोग गरिने बम रसबरि भन्दै दिएका थिए।
मुखमा राखेर चपाउनेबित्तिकै विस्फोट हुँदा उनको मृत्यु भएको हो।
घटनामा संलग्न भएको आरोपमा बम दिने रामभगतसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जंगलमा भेटिएको उक्त विस्फोटक पदार्थ कसरी त्यहाँ पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
























