काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। शुक्रबार पाकिस्तानको लाहोरलाई पछि पार्दै दिल्ली पहिलो स्थानमा पुगेको हो।
स्विस संस्था आईक्यूएयरका अनुसार दिल्लीको वायु गुणस्तर सूचकांक ९एक्यूआई० ३३४ पुगेको छ भने भारतको सरकारी निकायले ४०३ मापन गरेको छ।
बाक्लो विषाक्त धुवाँले सहर ढाकिएको छ। बढ्दो प्रदूषणले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा मुटु र श्वासप्रश्वासका बिरामीलाई गम्भीर जोखिममा पारेको छ।
























