Skip
आज : २०८३ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अमेरिकामा हवाई संकट : एकैदिन २ हजारभन्दा बढी उडान रद्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २८ गते


Advertisement

काठमाडौं । अमेरिकामा देशव्यापी उडान रोक हटाइए पनि हवाई सेवा अझै सामान्य अवस्थामा फर्कन सकेको छैन।

हवाई ट्राफिक नियन्त्रण प्रणालीमा आएको प्राविधिक समस्याका कारण शनिबार मात्रै दुई हजारभन्दा बढी उडान रद्द भएका छन्।

चार घण्टाभन्दा बढी समय देशभरका उडान रोकिएपछि हजारौँ यात्रु प्रभावित भएका छन्। उडान रद्द हुँदा यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् भने कतिपय खेलकुद टोलीसमेत वैकल्पिक यातायात खोज्न बाध्य भएका छन्।

अमेरिकी अधिकारीहरूका अनुसार नयाँ प्रविधि जडान गर्दा पुराना उपकरणमा अत्यधिक भार परेपछि सञ्चार र राडार प्रणालीमा समस्या आएको थियो। त्यसपछि देशव्यापी रूपमा उडान रोक्नुपरेको थियो।


प्रतिकृया दिनुहोस्