Skip

Hamro Sanchar

 बालेनको भारत भ्रमणअघि बिजुलीमा ठूलो निर्णय, ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यात खुला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १ गते


Advertisement

१ मंसिर, काठमाडौं । भारतले नेपाललाई आगामी हिउँदयाममा ३५० मेगावाट विद्युत् आयात र तीन आयोजनाबाट उत्पादित ५६ मेगावाट विद्युत् निर्यात गर्न अनुमति दिएको छ।

आज देखि २०८४ साउन १५ सम्म लागू हुने अनुमतिअनुसार भारतबाट दैनिक १७ घण्टासम्म बिजुली किन्न सकिनेछ।

भोटेकोशीको बाढीले ४३१ मेगावाट क्षमताका आयोजना प्रभावित भएको र पुसदेखि चैतसम्म आन्तरिक उत्पादनले माग धान्न नसक्ने अनुमानका बीच यो अनुमति आएको हो।

प्रधानमन्त्री बालेन शाहको आगामी आइतबारदेखि हुने भारतको राजकीय भ्रमणअघि आएको यस निर्णयले हिउँदमा विद्युत् व्यवस्थापन सहज बनाउने अपेक्षा गरिएको छ।

 


प्रतिकृया दिनुहोस्