काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई सम्भावित आन्दोलनका लागि तयारी
अवस्थामा रहन निर्देशन दिएका छन्।
आज अखिल नेपाल किसान महासंघको विस्तारित बैठकमा बोल्दै उनले असह्य अवस्था आए लामो तयारीबिनै आन्दोलन सुरु हुन सक्ने बताए।
ओलीले देशमा कतै विद्रोह, कतै चुनाव त कतै उपद्रवबाट राजनीतिक परिवर्तन हुने भन्दै एमाले जुनसुकै परिस्थितिको सामना गर्न तयार रहनुपर्ने बताएका छन्।
साथै, विभिन्न शक्तिले घेराबन्दी र बहिष्कार गर्न खोजे पनि एमाले देशको बलियो देशभक्त शक्ति रहेको उनको दाबी थियो।

























