काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेर प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन आज १ हजार ९०० रुपैयाँले सस्तिएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेर ३ हजार ४९० रुपैयाँमा झरेको छ।






















