काठमाडौं । उपत्यकामा बिक्री हुने मासुको गुणस्तर सुनिश्चित गर्न सरकारले स्वस्थ मासुमा छाप लगाउने अभियान सुरु गरेको छ।
आज देखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयनमा ल्याउँदै कुखुरा, राँगा र खसीको मासु परीक्षणपछि स्वस्थ मासुमा छाप लगाउन थालिएको हो।
कृषिमन्त्री गीता चौधरीले उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि यो व्यवस्था लागू गरिएको बताइन्। ऐन कार्यान्वयनसँगै स्थानीय तहले नियमित अनुगमन र निरीक्षण गर्नेछन्।
सरकारले यस अभियानलाई निरन्तरता दिने जनाएको छ।

























