Skip

Hamro Sanchar

आन्दोलन स्थगित गर्दै नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १ गते


Advertisement

१ मंसिर, काठमाडौं । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टरहरू अध्ययन तथा काममा फर्किन सहमत भएका छन्।

आज शिक्षा मन्त्रालयको समन्वयमा सिंहदरबारमा कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिबीच भएको छलफलपछि यस्तो सहमति जुटेको हो।

कलेज व्यवस्थापनले विद्यार्थीका माग सम्बोधन गर्दै शैक्षिक वातावरण सुधार गर्ने प्रतिबद्धता जनाएको छ।

अध्ययन जारी राख्न चाहनेलाई आवश्यक वातावरण मिलाउने र अन्यत्र जान चाहनेलाई नियमानुसार रेजिडेन्टबापतको रकम फिर्ता गर्ने सहमति भएको छ।


प्रतिकृया दिनुहोस्